कहाँ छ अदितीको दोस्रो घर ?



काठमाडौं– अभिनेत्री अदिती बुढाथोकी मुम्बई फर्किएकी छन् । उनी ८ महिनापछि मुम्बई फर्किएकी हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफू ८ महिनापछि मुम्बई फर्किएको जानकारी दिएकी हुन् ।

उनले आफ्नो दोस्रो घर जान लागेको पनि बताएकी छन् । उनले फिल्म ‘कृ’ बाट अभिनय करिअर सुरुवात गरेकी थिइन् । उनले दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा अभिनय गरिसकेकी छन् । गएको महिना उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो ।

कोरोना महामारीको समयमा ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्ममा काम गर्न नेपाल आएकी थिइन् । उनी केही दिन वर्कसपमा सहभागी भएता पनि लकडाउका कारण फिल्मको छायांकन अनिश्चितकालका लागि रोकएिको थियो ।

फिल्मको छायांकन तत्काल नहुने भएपछि उनी बुधवार कर्मथलो मुम्बई फर्किएकी छन् ।

प्रतिक्रिया दिनुहोस्