विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड बढी



काठमाडौं : विश्वभर कोरोना संक्रमितको ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ भने मृत्यु हुनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

अहिलेसम्म विश्वमा कोरोना भाइरसको संक्रमण दरमा कुनै कमी आएको छैन । पछिल्लो २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ नयाँ संक्रमित थपिएका छन् भने ११ हजार ६४१ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको हो ।

विश्वमा १ करोड ९५ लाख ३६ हजार ९५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित :२४ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्