ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु



चितवन : चितवनको खैरेहनी नगरपालिका–९ स्थित नमुना पेट्रोलपम्प नजिकैको सडकमा लु.१ ख ६५८१ नम्बरको ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ बस्ने २२ वर्षीय अब्जल देवान रहेका छन् ।

बुधबार बिहान तेल बोक्ने ट्याङकरले ना.४१ प ९८६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङकर र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्