१०५६ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ५६ कोरोना संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५२५ रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित छन् । १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

प्रकाशित :२४ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्