एउटै कृतिमा १२५ कविका कविता



काठमाडौं : नेपाल प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ ।

प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । वि.सं.२०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सव : २५ वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकिएको छ ।

त्यसपछिका पुरस्कृत कवितालार्ई प्रा.डा.हेमनाथ पौडेल, डा.देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सव : पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको हो ।

वि.सं.२०४६ देखि २०७६ सम्मको तीसवर्षे अवधिमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा एक वर्ष र प्राज्ञ परिषद् गठन हुन नसक्दा २०६३/६६ सालमा ४ वर्ष गरी जम्मा ५ वर्ष महोत्सव आयोजना हुन सकेको थिएन ।

२५ वर्ष पुरस्कृत १२५ कविका कवितालाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको काव्य विभाग प्रमुख तथा कृतिका सम्पादक प्रा.डा.पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित :२४ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्