उपत्यकामा थप ५०७ जना कोरोना संक्रमित थपिए



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार काठमाडौं उपत्यकामा थप ५०७ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित मुलुकभर १ हजार ५६ जनामा कोरोना संक्रमित थपिएका छन् । ६ हजार २८६ स्वाब नमूना परीक्षण गराउँदा १ हजार ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

बुधबार मात्र कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १६ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्