नेकपाका केन्द्रीय सदस्य लामाको कोरोना संक्रमणका कारण मृत्यु



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिंह लामाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत समेत रहेका लामाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

गत मंसिर १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : मंसिर २५, २०७७

प्रतिक्रिया दिनुहोस्