कैलालीमा कोरोना संक्रमितको मृत्यु



धनगढी : कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मंसिर १८ गते अस्पतालमा भर्ना भएका उनमा कडा खालको निमोनिया रहेको जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठल बताए ।

प्रकाशित : मंसिर २५, २०७७

प्रतिक्रिया दिनुहोस्