म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड विजयी हुँदा म्यान सिटी भने स्तब्ध



काठमाडौं– युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ। 

 

म्यानचेस्टरले बुधबार राति भएको समूह 'एच'को खेलमा स्विस क्लब योङ ब्वाइजलाई ३–० गोलले पारजित गरेको हो। उसका लागि पाउल पोग्बाले खेलको खेलको ३५ र ४४ मिनेटमा गरी २ गोल गरे। म्यान्यूका लागि मार्टियलले ६६ मिनेटमा तेस्रो गोल गरे।

 

यता समूह 'जी' को खेलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले इटालियन क्लब रोमालाई ३–० गोलले पराजित गरेको छ। स्पेनिस महारथी रियलका लगि इस्कोले ४५, गारेथ बेलले ५८ र मारियानोले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे। यहि समूहको अर्को खेलमा सिएसकेए मस्को र भिक्टोरिया प्लजेनले २–२ को बराबरी खेले।

 

समूह 'ई' को खेलमा जर्मन क्लब वायर्न म्युनिखले बेन्फिकालाई २–० गोलले पराजित गरेको छ। उसका लागि रोबर्ट लेवान्डोवस्कीले १० र रेनाटो सान्चेजले ५४ मिनेटमा गोल गरे। यो समूहको अर्को खेलमा अजाक्सले एथेन्सलाई ३–० गोलले हराएको छ। 

 

यता इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी समूह 'एफ' को खेलमा फ्रेन्च क्लब लियोनसँग २–१ ले स्तब्ध भएको छ। लियोनका लागि कोर्नेटले २६ र फेकिरले ४३ मिनेटमा गोल गरेका थिए। सिटीका बेर्नान्डो सिल्भाले ६७ मिनेटमा १ गोल फर्काएपनि टिमको हार टार्न सकेनन्। यो समूहको अर्को खेलमा शख्तर डोनेक्ट र होफेनहेइमले २–२ को बराबरी खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्