विश्वमानचित्रकाे भाेकमरी सूचकांकमा नेपाल तीन वर्षदेखि एकै स्थानमा



काठमाडौं : नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ । आजको कारोबारमा छापिएको छ ।

 

विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ ।

 

विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विश्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंका छ । 

 

यसअघिका वर्षमा भने नेपालको स्थान सबैभन्दा सुधारको अवस्थामा रहेको छ । यो वर्ष श्रीलंका १७.९ अकसहित ६७ औं स्थानमा छ। नेपाल २१.२ अंकसहित दोस्रो स्थानमा रहेको छ। प्रतिवेदनअनुसार भारत १०३ स्थानमा छ भने बंगलादेश ८६ औं र पाकिस्तान १०६ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्