उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिए



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टामा १६० महिला र २४५ पुरुषसहित ४०४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएकासहित कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

बिहीबार मात्र कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७७

प्रतिक्रिया दिनुहोस्