रियल साेसिडाडलाई हराएसँगै शीर्ष स्थानमा उक्लियाे एट्लेटिकाे



एजेन्सी : स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा एटलेटिको म्याड्रिडले रियल सोसीडाडलाई २-० ले पराजित गरेको छ । नतिजासँगै एटलेटिको लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

 

एटलेटिकोले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो । कप्तान डिएगो गोडिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा अर्का डिफेन्डरले टोलीको अग्रता दोब्बर पारे ।

 

साउल निगुएजको पासमा फिलिपे लुइसले गोल गर्दै जित पक्का गरेका थिए । खेलमा एन्टोइन ग्रिज्मन र डिएगो कोस्टाले आक्रमण सम्हालेपनि अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

 

टोलीले १० खेलमा ५ जित र ३ बराबरीसँगै १९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको १८ अंक छ । १० खेल खेलेको एस्पान्योलको पनि १८ अंक नै छ । अलाभेस ९ खेलमा १७ अंकसहित शीर्ष ४ मा अटाएको छ । त्यसैगरी ९ खेल खेलेकाे रियल म्याड्रिड भने १४ अंकसहित अाठाैं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्