राेनाल्डाेकाे उत्कृष्ट पुनरगमनसँगै पछि परेकाे युभेन्टसले खेल फर्कायाे



एजेन्सी :  इटालियन सिरी ‘ए’अन्तर्गत क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ। पहिलो हाफमा पछि परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे।

 

पहिलो हाफमा घरेलु टोली इम्पोलीका लागि फ्रान्सेस्को कपुतोले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। युभेन्टसले खेलमा पकड देखाएपनि पहिलो हाफमा गोल गर्न सकेन।

 

दोस्रो हाफमा पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई बराबरी दिलाए। इस्माएल बेनेकरले पौलो ड्याबलालाई लडाएपछि पाएको पेबाल्टी मार्फत रोनाल्डोले ५४ औं मि0नेटमा गोल गरे।

 

खेलको ७० औं मिनेटमा २५ यार्डबाट रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई विजयी गोल दिलाए। यो जितसँगै युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्