अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु



काठमाडौं : अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ ।

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ ।

एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो ।

खोप लगाउन शुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।

कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।

फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ ।

प्रकाशित : मंसिर २८, २०७७

प्रतिक्रिया दिनुहोस्