धारिलो हतियार प्रयोग गरी महिलाको हत्या



कपिलवस्तु : जिल्लामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलका अनुसार टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रुप तरिकाले हत्या भएको हो ।

हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए ।

प्रकाशित : मंसिर २७, २०७७

प्रतिक्रिया दिनुहोस्