झापाकी कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु



मोरङ : विराटनरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमति एक महिलाको मृत्यु भएको छ ।

शनिबार राति ११ बजेर ३० मिनेटमा झापा गौरादह–५ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिलामा श्वासप्रश्वासमा समस्या र ज्वरोको समस्या देखिएको अस्पतालमा प्रबन्धक नारायण दाहालले बताए ।

मंसिर २१ गते उपचारका लागि भर्ना गर्ने क्रममा संकलन गरिएको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको दाहालले जानकारी दिए ।

प्रकाशित : मंसिर २७, २०७७

प्रतिक्रिया दिनुहोस्