कांग्रेसकाे अवराेधपछि स्थगित कर्णाली प्रदेशसभा बैठक बस्दै



काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ ।

 

चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै कांग्रेसले असोज २३ र २६ गतेको बैठक अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

 

शनिबार प्रदेशसभा सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सरकार र कांग्रेसबीच सहमति जुटेपछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

 

संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्