विराटनगरमा गोदाम केन्द्रित छापा अभियान शुरु



विराटनगर : विराटनगर प्रहरीले गोदाम केन्द्रित छापा अभियान शुरु गरेको छ । छिमेकी मुलुकबाट भन्सार छलि गरी सामान ल्याउनेको संख्या बढ्दै गएपछि प्रहरी कार्यालय मोरङले विराटनगरका प्रत्येक व्यापारीको गोदाममा छापा अभियान शुरु गरेको हो ।

अभियानअन्तर्गत प्रहरीले विराटनगर–७ मा रहेको तरुणकुमार रौनियारको पसलको गोदामबाट ३३ लाखबढीको सामान र सरोचियाका आशिफ खानको घरबाट १ लाख ६२ हजार बराबरको कपडा बरामद गरेको छ ।

अवैध रुपमा भन्सार छलि गरी सामान ल्याएको सूचना पाएपछि गोदाममै छापा मारेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

भारतको जोगवनिबाट भन्सार छलि सामान ल्याउनेको संख्या बढ्दै गएपछि प्रहरीले प्रत्येक पसलमा छापा अभियान शुरु गरिएको हो ।

नियन्त्रणमा लिएरका सामग्री भन्सार कार्यालयमा बुझाउने तयारी भइहरको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २८, २०७७

प्रतिक्रिया दिनुहोस्