गुडिरहेको बसमा आगलागी



दाङ : दाङमा गुडिरहेको बसमा आगो लागेको छ । तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा सोमबार बिहान ६ बजेर ३० मिनेट तिर तुलसीपुर उपमहानगरपालिका– १३ बखरियामा आगो लागेको हो ।

अम्बिकेश्वरी यातायात प्रालिद्वारा सञ्चालित बसका चालकले बसमा पूरै आगो लागेको बताए । बसमा एकाएक आगो लागेपछि बस रोकेर यात्रु झारेको चालक पतिराम चौधरीले जानकारी दिए ।

उनले ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागबाट आगो सल्किएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले पनि ब्याट्रीको वाइरिङबाट आगो सल्किएको बताए ।

सिंहका अनुसार घटनामा कुनै मानविय क्षति नभएको तर बस पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित : मंसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्