सोमबार सुनमा सामान्य गिरावट



काठमाडौं : सुनको मूल्यमा सोमबार सामान्य गिरावट आएको छ । आइतबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य भनेस्थिर छ । आइतबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि पनि १२ सय रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्