आगामी महाधिवेशनमा कोइराला परिवारबाट एउटै उम्मेदवारः महामन्त्री डा. कोइराला



काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ‘अहिलेकै अवस्थामा फागुनमा महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन् ।

सरकारविरुद्धको प्रदर्शनका लागि विराटनगरमा आयोजना हुने विरोधसभालाई सम्बोधन गर्न पुगेका कोइरालालले क्रियाशील सदस्यता टुंगो लगाउने काम पुरा नभएकोले अहिलेकै अवस्थामा फागुनमा महाधिवेशन नहुने बताए ।

कोइराला निवास विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री डा. कोइरालाले भारतको विहारमा पनि कोरोना संकटकै बेला निर्वाचन भएकाले महाधिवेशन धेरै पर धकेल्न नहुने बताए ।

महाधिवेशनमा सभापतिको उम्मेदवारका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा डा कोइरालाले १४ औँ महाधिवेशनमा कोइराला परिवारबाट तीनमध्ये एक जनामात्रै उम्मेदवार हुने बताए ।

‘सभापतिमा आफू र शेखर कोइरालामध्ये को उठ्ने भन्ने टुंगो नलागेको तर पार्टीका नेता र कार्यकर्ताको भावनाअनुसार अघि बढ्छौं’ उनले भने ।

एकअर्को प्रसंगमा महामन्त्री डा. कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताएका छन् । उनले हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्ने र कांग्रेसले बहुमत पाए जनमत संग्रह हुने धारणा राखे ।’

राजावादीहरु सडक आन्दोलनमा उत्रिए पनि राजा र्फकने सम्भावना नरहेको महामन्त्री डा. कोइरालाको भनाई थियो ।

प्रकाशित : मंसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्