किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ : जनार्दन शर्मा



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले तत्काल उखुको मूल्य किसानले पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता शर्माले किसानलाई माइतीघरमा आउन बाध्य पार्नु राम्रो नभएको बताए ।

‘सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नु पर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन,’ शर्माले लेखेका छन्, ‘तत्काल उखुको मुल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु ।’

उखु किसान उखु मिल मालिकले पैसा नदिएको भन्दै आइतबारदेखि दोस्रो पटक काठमाडौंमा प्रदर्शन शुरु गरेका छन् ।

प्रकाशित : मंसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्