बाबुरामले किन दिए काँग्रेसलाई बधाइ ?



काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकार विरुद्ध जनप्रर्दशन गरेकोमा नेपाली काँग्रेसलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई सामाजिक सञ्जालमार्फत डा.भट्टराईले बधाई दिएका हुन् ।

लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको सदन तथा सडकमा विपक्षीको अधिकार र कर्तव्य रहने डा.भट्टराईले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखाएर सरकारले संसद बैठक बोलाउन नचाहेको भन्दै उनले सदन बोलाउन माग पनि गरे ।

आफ्नो पार्टी पनि छिट्टै एकता समायाजनको काम सकेर सडक र सदनमा गर्जने पनि भट्टराईले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्