जसपा अध्यक्षद्वारा पोखरी सौन्दर्यीकरणको शिलान्यास



जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्तरिक विवादका कारण नेकपाले मुलुकलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको मनरा सिस्वा नगरपालिका वार्ड १० मधवामा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै अध्यक्ष ठाकुरले मुलुक कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अवस्थामा समेत आन्तरिक किचलोका कारण नेकपा नेतृत्वको सरकारले मुलुकलाई सही दिशा दिन नसकेको टिप्पणी गरे ।

शिक्षा, स्वास्थ्य, व्यवसाय सबै धाराशायी बनेको उल्लेख गर्दै ठाकुरले कोरोना महामारी लगायतको समस्याले मुलुक जटिल अवस्थामा रहँदा पनि नेकपा आन्तरिक विवादमै व्यस्त रहेको बताए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकार प्रदेश २ सँग सौताको व्यवहार गरिरहेको आरोप लगाए । बजेटको बाँटफाँड लगायतको विषयमा केन्द्र सरकारक आफूहरु संँग सौताको व्यवहार गर्दै आएको उनको कथन थियो ।

तीन करोड ५५ लाखको लागतमा १५ महिना भित्र उक्त पोखरीको सौन्दर्यीकरण कार्य सम्पन्न हुने मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जानकारी दिए ।

प्रकाशितः २९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्