भारतको निम्तो अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार



नयाँ दिल्ली । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको गणतन्त्र दिवसमा मुख्य अतिथी बन्नका लागि गरिएको निम्तो अस्वीकार गरेका छन् ।  टाइम्स अफ इण्डियाले जनाएअनुसार ट्रम्पका अधकिारीहरुले अमेरिकी राष्ट्रपति  सो कार्यक्रममा भाग लिन आउन असमर्थ भएको जनाउँदै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभललाई पत्र पठाएका छन् । 

 

भारतको गणतन्त्र दिवसको दिन ट्रम्प  घरेलु काममा व्यस्त हुनुपर्ने भएकोले निम्तो स्वीकार गर्न नसकिने अमेरिकाले पत्रमा उल्लेख गरेको छ । यस अघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले भने भारतको निम्तो स्वीकार गरेका थिए ।  अमेरिका पछिल्लो समय भारतले रुससँग एयर डिफेन्स सिस्टम एस —४०० खरिदको विषयलाई लिएर असन्तुष्ट रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्