प्रधानमन्त्री अाेलीलाई ज्वराे र छातीकाे समस्या : अाराम गर्न डाक्टरकाे सल्लाह



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीले सताएपछि उनी शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा जान सकेनन्।

संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्। 

 

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढ्ने खतरा देखेपछि निवासमा नै आराम गर्न चिकित्सकले सुझाएका हुन्।

 

प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका डा दिलीप शर्माका अनुसार चिसो बढेसँगै सामान्य रुघाखोकी, ज्वराे र छातीमा समस्याले प्रधानमन्त्री ओलीलाई सताएको छ।

 

‘भिडभाड र बढी भेटघाटमा व्यस्त हुँदा संक्रमण होला भनेर आराम गर्न भनिएको हो,’ उनले भने, ‘एक-दुई दिन आराम गरेपछि उहाँको स्वास्थ्यमा सुधार आउनेछ।’

प्रतिक्रिया दिनुहोस्