अध्यादेशबारे छलफल गर्न काँग्रेसले बोलायो शीर्ष बैठक



काठमाडौं : सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले शीर्ष नेताहरुको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन । बुधबार दिउँसो बस्ने गरी बैठकमा देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुलाई बोलाएका हुन् ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सरकारले जारी गरेको अध्यादेशबारे छलफल हुने छ । बैठकमा पार्टीले गरेको विरोध कार्यक्रमको समीक्षा गरिनुका साथै सरकारको अध्यादेशलगायत विषयमा समेत छलफल हुनेछ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै यसको विरोध गरिने बताए । ’अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक गर्न लागिएको हो,’ नेता पौडेलले भने ।

प्रकाशित:३० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्