पुरुष फुटबलको स्वर्ण आर्मीलाई



बाँके : त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। नेपालगञ्ज रंगशालामा बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो।

आर्मीलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ४५ औं मिनेटमा विकास तामाङले गरेका थिए। कप्तान भरत खवासको कर्नरमा विकासले हेडर गोल गरेका थिए। फाइनलमा पराजित हुँदा पुलिसले रजत हात पार्यो। एपिएफ क्लबले कांस्य पदक जित्यो।

प्रतिक्रिया दिनुहोस्