गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते, ५ गम्भीर



काठमाडौं : गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् भने पाँच जना गम्भीर घाइते भएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था गम्भीर रहेको गोरखाका ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले बताए । धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनीहरुलाइ थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटना पश्चात बस चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित : पुस १, २०७७

प्रतिक्रिया दिनुहोस्