सुनको मूल्यमा वृद्धि



काठमाडौं : नेपाली बजारमा बुधबार सुन तोलाको ८ सयले बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १२ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : पुस १, २०७७

प्रतिक्रिया दिनुहोस्