स्थगित ए डिभिजन लिग मंसिर १ देखि



काठमाडाैं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ । असोज १३ गतेदेखि शुरु भएको भएको लिग बङ्गबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो ।

 

त्यसपछि लिग तालिका परिमार्जित गरेर दशैँ अगाडिसम्म पहिलो चरणका खेल भएका थिए ।

 

दशैँ र तिहारका कारण एन्फाले ४२ दिनका लागि लिग स्थगित गरेको थियो । “अब मङ्सिरको १ गतेदेखि पूर्ण खेल तालिकासहित लिग शुरु गर्ने सहमति भएको छ”, लिग निर्देशक सञ्जीव मिश्रले भने ।

प्रतिक्रिया दिनुहोस्