भोजपुरी फिल्ममा नीता



काठमाडौं : अभिनेत्री नीता ढुंगानाले भोजपुरी फिल्म ‘माही’मा अभिनय गर्ने भएकी छिन् ।निर्देशक चन्द्र पन्तले निर्देशन गर्न लागेका फिल्ममा भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ को अभिनय रहने छ।

फिल्ममा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ । नीताले यस अगाडि पनि भोजपुरी फिल्ममा काम गरिसकेकी छन् ।

फिल्मको छायाँकन आगामी फेब्रअरीबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्