के साच्चै बिहे गर्दैछिन् त एकता कपुरले ?



काठमाडौं : बलिउड अभिनेत्री एकता कपुरले सामाजिक सञ्जालमा एउटा विशेष तस्वीर सार्वजनिक गरेकी छिन् ।

यो तस्विर सार्वजनिक भएसँगै ४५ वर्षकी एकता छिट्टै बिहे बन्धनमा बाँधिन लागेको शंका पैदा भएको छ । एकताले यो तस्विर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘र हामी यहाँ छौं, तपाईहरुलाई छिट्टै बताउनेछौँ ।’

यो पोस्ट सार्वजनिक भएसँगै एकतालाई बधाई दिने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्