भारत र बंगलादेशबीच नयाँ रेल लिंक उद्घाटन



काठमाडौं : भारत र बंगलादेशबीच चिल्हाटी–हल्दीबाडी रेल सेवा शुरु भएको छ । आज (बिहीबार) आयोजित भर्चुअल कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिनले संयुक्त रुपमा रेल लिंकको उद्घाटन गरेका हुन् ।

हसिना र मोदीले आजै अन्य दुई कार्यक्रमको पनि उद्घाटन गरे। उनीहरुले संयुक्त रुपमा बंगबंधु–बापु डिजिटल एग्जिबिसन र शेख मुजीबर रहमानको स्मारक हुलाक टिकट जारी गरे ।

प्रकाशित : पुस २, २०७७

प्रतिक्रिया दिनुहोस्