‘कमेडी च्याम्पियन सिजन–२’ को अडिसन चरणको छायाँंकन सुरु



काठमाडौं : ‘कमेडी च्याम्पियन सिजन–२’ को अडिसन चरणको छायाँंकन सुरु भएको छ । आउँदो माघबाट प्रसारण हुने स्ट्याण्ड–अप कमेडीमा आधारित यो रियालिटी शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने निर्देशक विशाल भण्डारी जानकारी दिए।

पुस १ गते बुधवारदेखि सुरु भएको अडिसन शनिवारसम्म चल्नेछ । अघिल्लो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा नै यो सिजनमा पनि निर्णायकको रुपमा रहेका छन् ।

केकी अधिकारी निर्माता रहेको यो कार्यक्रम रीमा विश्वकर्मा होस्ट रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्