राजविराजमा आगलागी हुँदा एक जनाको मृत्यु



राजविराजः सप्तरीको राजविराज आज (शुक्रबार) बिहान आगलागी भएको छ ।

आगलागीमा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका राजविराज नगरपालिका-१६ बोरियाका ८५ वर्षीय झलाही यादवको मृत्यु भएको हो ।

नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बारुणयन्त्रको प्रयोग गरी आगो नियन्त्रणमा लिएको र आगलागीबाट १ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ । ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: ३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्