अमेरिकापछि भारत कोरोना संक्रमित एक करोड नाघ्ने दोस्रो देश



नयाँदिल्ली : छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमित एक करोड नाघेको छ । अमेरिकापछि भारत कोरोना संक्रमित एक करोड नाघ्ने दोस्रो देश बनेको छ ।

शुक्रवार भारतमा २७ हजार २२ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै करोड नाघेको हो । योसँगै भारतमा हाल एक करोड ४ हजार ८ सय ९३ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा एक करोड ७८ लाख बढीलाई कोरोना पुष्टि भइसकेको छ ।

भारतमा कोरोनाका कारण एक लाख ४५ हजार जनाले ज्यान गुमाइसकेका छन् । शुक्रवारमात्र ३४२ जनाको मृत्यु भएको थियो । हालसम्म अमेरिकामा २ लाख ५१ हजार ९२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणकै कारण विश्वमा १६ लाख बढी मानिसहरुको ज्यान गइसकेको छ भने सात करोड ५९ लाखभन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : पुस ४, २०७७

प्रतिक्रिया दिनुहोस्