प्रदूषण नियन्त्रणका लागि सरकारसँगसँगै नागरिक पनि सचेत हुनुपर्छ: श्रेष्ठ



काठमाडौंः कोरोना महामारीपछि सबैजसो उद्योग कलकारखाना, व्यापार व्यवसाय ठप्प भए । उत्पादन र आम्दानीको स्रोत नै बन्द भएपछि धेरै मानिसहरु रोगले मात्रै होइन, भोकले पनि मर्ने अवस्था आयो । तर, वातावरण प्रदूषणका दृष्टिकोणले भने प्रकृतिलाई केही राहत मिलेको थियो ।

वातावरणविद्हरुले कोरोना महामारीपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको नीतिले मानवीय क्रियाकलाप बन्द भएपछि विशेष गरी वायु प्रदूषणमा केही राहत मिलेको बताएका छन् । अब बन्द रहेका मानवीय क्रियाकलाप सुरु भएसँगै प्रदूषण पनि बढ्दै जाने निश्चित छ । वातावरण संरक्षण र सम्बद्र्धनका साथै वातावरण कानुनको कार्यन्वयन, प्रचारप्रसार र सचेतना बृद्धिका लागि विगत १४ वर्षदेखि काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठको पनि त्यस्तै भनाई छ ।

श्रेष्ठसँग सिर्जना मिश्राले वायु प्रदूषण, वातावरण संरक्षणलगातका विविधि सवालमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

अहिले वायु प्रदूषणको अवस्था कस्तो छ ?

अहिले नेपालको वायु प्रदूषण उच्च हँुदै गईरहेको छ । कोभिडको बेला बन्द रहेका उद्योग कलकारखानाहरु धमाधम खुल्ने अवस्थामा छन् । विकास निर्माणका कामहरु धमाधम सुरु हुन थालेका छन् । ईट्टा भट्टाहरु सञ्चालनमा आएका छन्, जसले गर्दा वायु प्रदूषणबढ्दै गइरहेको अवस्था छ ।

अर्कोतिर जाडो मौसममा नेपालका अधिकांंश सहरहरुमा वायु प्रदूषणउच्च नै हुन्छ । जाडोमा घामको तापक्रम कम हुने र प्रदूषणयुतm सवारी साधनबाट निस्कने धुवा र धुलोका कणहरुको घनत्व बढि हुने भएकाले यो आकाशमाथि बहन सक्दैन, वरिपरि धुमिरहने भएकाले जाडोमा वायु प्रदूषणउच्च हुने हो ।

अनि, वायु प्रदूषणहुने देशमध्ये नेपाल एसियाकै दोस्रोे मुलुकमा पर्दछ । यसमा के भन्नुहुन्छ ?

डब्लुएचओको तथ्यांक अनुसार २०१८ को सर्वेमा नेपालमा ३७ हजार मानिस मर्ने गरेको तथ्याङ्घ सार्वजनिक भएको छ । साथै २०१९ मा ४२ हजार १ सय १९ जनाको वायु प्रदूषणकै कारण मृत्यु भएको अन्तर्राष्ट्रिय तथ्यांक छ । काठमाडौ उपत्यकामा मात्र ३ सय ५० उद्योग धन्दाहरु अवैज्ञानिक तरिकाले सञ्चालनमा छन् । ११ लाखको हाराहारीमा साना तथा ठूला सवारी साधन चल्ने गरेका छन् । जसको प्रत्यक्ष असर वायुमण्डलमा परेको छ ।

सरकारले काठमाडौं उपत्यकामा मात्र ७ स्थानमा वायु प्रदूषणमापन यन्त्र राखेको छ, यी मापन यन्त्रहरुको काम के हो ?

वायु प्रदूषणमापन यन्त्रहरुले कति प्रदुषित हावा छ भन्ने डाटा मात्रै दिने हुन् । तर, अहिले नेपालभरीकै विभिन्न शहरहरुको तथ्यांक हेर्नुहुन्छ भने पीएम २ दशमलव ५ स्तर ८२ माईक्रोग्राम प्रति घनमिटर छ । विराटनगरमा १ सय ७६ र धनगढीमा ३ सय ४७ माईक्रोग्राम रहेको छ । यो डाटा तलमाथि भइरहन्छ । पिएम २ दशमलव ५ लाई अस्वस्थकर मानिन्छ । सामान्यतया ३५ माईक्रोग्राम प्रति घनमिटरसम्मको डाटालाई ठिकै मानिन्छ । अहिले अधिकांश शहरको अवस्था रेड जोनमा परिणत भईसकेका छन् ।

यसरी वायुमापन यन्त्रहरु राखेर अवस्था मात्रै थाहा पाउने कि प्रदूषणनियन्त्रणमा पनि ध्यान दिने ?

सरकारले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ सार्वजनिक गरेको छ । तर, नियमन निकाय, निरिक्षणको अवस्था र अनुगमनको पाटो अत्यन्तै फितलो भएकाले नियन्त्रण हुन नसकेको हो । सरकारले विभिन्न ऐन नियमावलीहरु सार्वजनिक गरेअनुससार कार्यन्वयनमा ध्यान दिनुपर्ने हो । त्यसतर्फ ध्यान दिन आवश्यक छ ।

वायु प्रदूषण हुँदा मानव स्वास्थ्यमा कस्तो असर पर्छ ? नियन्त्रण गर्न एक सचेत नगरिकको भुमिका चाहिँ के देख्नु हुन्छ ?

नेपालको संविधानको धारा ३० मा स्वस्थ वातावरणको हकको कुरा गरिएको छ । वातावरण सन्तुलनका लागि प्रदूषणलाई नियन्त्रण गर्दै विकाशका पूर्वाधार अगाडि बढाउने भनेको छ । अहिले शहरीकरणको विस्तार, पुराना सवारी साधनको प्रयोग, ईट्टा भट्टा र जाडोयाममा खुलारुपमा फोहोर जलाउने क्रियाकलापले वायु प्रदूषण नियन्त्रणमा आउन सकेको छैन । प्रदूषणका बारेमा पर्याप्त जनचेतना जगाउन सकिएको छैन, जसले गर्दा मानव स्वास्थमा गम्भीर समस्या पर्दै गएको छ । श्वासप्रश्वासको समस्या, आँखाको एलर्जी, फोक्सोका क्यान्सर, मुटुसम्वन्धी रोग निम्त्याइरहेको छ ।

यसमा राज्यले खेल्ने भूमिका त छँदैछ, हामी नागरिक पनि सचेत हुन जरुरी छ । कुहिने र नकुहिने फोहोरको हामी आफैले व्यवस्थापन गर्न सक्छौँ । बिहान बेलुका आगो ताप्ने नाममा प्लास्टिकजन्य वस्तु नजलाउने र फोहोर व्यवस्थापनसम्वन्धी जानकारीहरु व्यवहारिक जीवनमा प्रयोग गर्ने हो भने केही हदसम्म प्रदूषण नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्