गुल्मीमा अटो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते



गुल्मी : गुल्मीमाअटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शुक्रबार राति रेसुङ्गा नगरपालिका–१३ दुबिचौरमा अटो दुर्घटना हुँदा चालक रेसुंगा नगरपालिका–१२ का वर्ष ३० का तेज बहादुर रानाको उपचारका क्रममा तम्घासमा मृत्यु भएको छ ।

गुल्मी दरवार गाउँपालिकाको गैंडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेड क्वाटर गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी घाइते हुनेमा रेसुङ्गा नगरपालिका–१२ का वर्ष १७ का रमेश खत्री, रेसुङ्गा नगरपालिका–२ बस्ने वर्ष १६ का रोशन परियार, सोहि स्थानका वर्ष १८ का सुरज बिक र वर्ष १७ का सुनिल बिक रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।

घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेड क्वाटर गुल्मीका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद सेढाईको कमान्डमा खटिएको ११ जना सुरक्षाकर्मीको टोलीले दुर्घटनाका घाइतेहरुको उद्धार गरेको थियो ।

प्रकाशित : पुस ४, २०७७

प्रतिक्रिया दिनुहोस्