धनगढीको पहिलो जित, विराटनगरको लगातार दोस्रो हार



पोखरा : पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत धनगढी ब्लुजले आफ्नो पहिलो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा विराटनगर टाईटन्सलाई ७८ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । 

 

धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.४ ओभरमा सबै विकेट गुमाउदै मात्र १०४ रन बनाउन सक्यो । विराटनगरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगर पोखरा पल्टनसंग ५८ रनले पराजित भएको थियो ।  

विराटनगर २ खेलबाट सुन्य अंकसहित लिगको पुछारमा छ । विराटनगरका लागि सुनिल धमलाले २१ रन जोड्दा, एन्ड्रयु शुबिक्सनले १८ र मुहमद जाइद अलिले १९ रन जोडे । त्यस्तै कप्तान सन्दिप लामिछानेले १० रन जोड्ना बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । धनगढीका डान लरेन्सले ३ विकेट लिदा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । 

 

यसअघि धनगढीका लागि पेटर ट्रेगोले अर्धसतकिय पारी खेले । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका पेटर र सौरभ खनालले निकै नै घातर प्रहार गरेको थिए । पेटरले ३८ बल खेल्दै दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडे भने खनालले १३ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ४१ रन जोडेका थिए । 

त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २९ रन जोडे उनले १९ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरेका थिए । धनगढीका लागि अन्य ब्याट्सम्यान सन्दिप जोराले १२ र रोबिन श्रेत्रीले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन । 

 

विराटनगरका लागि जितेन्द्र मुखियाले ४, किसोर महतो, कप्तान सन्दिप, सुनिल धमला र मुहमद जाइद आलमले समान एक एक विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्