कोदालो प्रहारबाट बालकको हत्या



स्याङ्जा : कादालो प्रहार गरी बालकको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार स्याङ्जाको हरिनास गाउँपालिका-५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको हत्या अभियोगमा स्थानीय ३६ वर्षीय रेशमबहादुर राना पक्राउ परेका हुन् ।

रानाले कोदालोको पासो प्रहार गरी बालकलाई हत्या गरेको प्रहरीले जनाएको छ । थापाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरेका रेशमबहादुरले बालकलाई कुनै काम गराउँदा नमानेपछि हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित:४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्