मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी



काठमाडौं : मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बिहान पौने १० मा बैठकमा उपस्थित हुन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार बैठक शुरु भइसकेको छ ।

पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ ।

सरकारले मंसिर ३० गते ल्याएको अध्यादेश चौतर्फी विरोधपछि पुस १ गते नै फिर्ता लिने प्रधानमन्त्री ओलीले सहमति जनाएका थिए । तर, औपचारिक रुपमा अध्यादेश फिर्ता भएको छैन ।

प्रकाशित : पुस ५, २०७७

प्रतिक्रिया दिनुहोस्