नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएकाे भन्दै अख्तियारद्वारा प्रहरी प्रधान कार्यालयका सईविरुद्ध मुद्दा दायर



काठमाडौं : प्रहरी प्रधान कार्यालय, नक्शाल काठमाडौंमा कार्यरत प्राविधिक प्रहरी नायब निरीक्षक (सई) रामबहादुर सिंह भण्डारी क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ । उनीमाथि भारतबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएको आरोप छ । 

 

‘नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्ति भै सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएको हुँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइ आरोपपत्र दायर गरिएको छ ’ अख्तियारले  अाइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्