फ्यान कुटेको आरोपमा सलमानमाथि उजुरी



एजेन्सी : सलमान खान र उनका बलिगार्ड शेराविरुद्ध मुम्बइको डिएन नगर पुलिस स्टेसनमा एक युवकले उजुरी दिएका छन्। ती युवकले आफूमाथि सलमानले  भिडियो निहुँमा कुटेको बताएका छन्। 

पुलिसका अनुसार सलमाना साँझपख साइकल चलाइरहेका बेला ती युवकले सलमानको ३० मिनेट लामो भिडिायो बनाएका थिए। भिडियो बनाएको थाहा पाएपछि सलमान उनको मोबाइल खोसेर ३० मिनेटसम्मको भिडियो डिलिट गर्नुसाथै तीव युवकमाथि बडिगार्डसहित कुटपिट गरेका थिए। 

उक्त्त घटनापश्चात युवकले डिएन नगर पुलिस स्टेसनमा सलमान र शेराविरुद्ध उजुरी दिएका छन्। पुलिसले उक्त घटनालाई लिएर जाँच गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्