देशभरका अदालत ठप्प पार्ने चेतावनी



काठमाडौं : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले देशैभरका अदालत ठप्प पार्ने चेतावनी दिएको छ।

युनियनले २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता नदिएको, न्यायाधीश नियुक्तिलगायतका विषयलाई लिएर देशैभर आन्दोलनको घोषणा गरेको हो ।

युनियनका अध्यक्ष प्रकाश पराजुलीले सरकारले निर्णय गरेर अदालतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भनिए पनि अहिलेसम्म नपाएकाले आन्दोलन गर्नुपरेको बताए ।

युनियनले बिहीबार र शुक्रबार कालोपट्टी बाँधी काम गर्ने र १५ गतेदेखि २२ गतेसम्म दैनिक १ देखि ६ घण्टासम्मा कार्यालय समय कार्य बहिष्कार गर्नेजस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । त्यस्तै सोही अवधिमा माग सम्बोधन नभए त्यसपछि पूरै समय बहिष्कार गर्ने योजना रहेको युनियनका अध्यक्ष पराजुलीले बताए। नेपाल समाचारपत्र दैनिकले खबर छापेकाे छ।

प्रतिक्रिया दिनुहोस्