सुनको मूल्यमा वृद्धि



काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार ९ सयले बढेर सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार नेपाली बजारमा छापावाल सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको छ । सोमबार एकै दिन चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : पुस ६, २०७७

प्रतिक्रिया दिनुहोस्