गाई चराउन गएका आमाछाेराकाे भीरबाट खसेर मृत्यु



जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका– ७ ताँम्तीमा भिरबाट खसेर आमाछोराको मृत्यु भएको छ । गाई चराउन गएका बेला भीरबाट खसेर उनीहरुको मृत्युु भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

मृत्यु हुनेमा तातोपानी– ७ ताँम्तीका ३२ वर्षीया लक्ष्मी रावत र एक वर्षीय छोरा सुभास रहेका छन् । ताँम्तीको चेत्ता भिरबाट खस्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै करेन्ट लागेर चन्दननाथ नगरपालिका– ८ का २२ वर्षीय मानबहादुर रोकायाको मृत्यु भएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्