७४२ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ । आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५पुगेको मन्त्रालयले जनाएको छ । हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :६ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्