नेकपाको स्थायी समिति बैठक स्थगित                



काठमाडाैं : सोमबार र मंगलबारका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य समस्या आएका कारण  बैठक केही दिनका लागि स्थगित गरिएको जनाएको छ ।

 

त्यसो त महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल रहेको कार्यदलले काम नककेकाले पनि बैठक सारिएको स्रोतले जनाएको छ । सचिवालय बैठकले सचिवालय सदस्य थापा र महासचिव पौडेललाई पार्टी एकताको बाँकी काम र केन्द्रीय कमिटीको कार्यविभाजनको अन्तिम खाका बनाउन जिम्मा दिएको थियो ।

 

नेकपाको स्थायी कमिटीको बैठक विगत चार महिनादेखि बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्