सर्वदलीय बैठक शुरु



काठमाडौं : संसद विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको छ ।

काँग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् ।

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशशरण महतलगायत सहभागी छन् । जनता समाजवादी पार्टीका नेताहरू बैठकमा पुग्दै गरेको स्रोतको भनाइ छ ।

प्रकाशित :६ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्